कुलबहादुर बने डिशहोम रिचार्जमा एक लाख विजेता «

कुलबहादुर बने डिशहोम रिचार्जमा एक लाख विजेता

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोसी गाउँपालिका २ का कुलबहादुर घिसिङ तामाङले नगद एक लाख जितेका छन् ।
श्याम इलेक्टोनिक्स इलेक्टिक डिलरअन्तर्गत गत रहेको जेडीओएल–९ का रबिन्द इलेक्टोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुलबहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुइँटेलले पुरस्कार रकम हस्तान्तरण गरेका थिए । कम्पनीले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याएको छ । यहीअनुसार तामाङले एक लाख जितेका हुन् ।
यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइ कहाँ गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउँछन् । अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा: च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्