बेरुजुमा १२औं स्थानमा नीलकण्ठ नगरपालिका «

बेरुजुमा १२औं स्थानमा नीलकण्ठ नगरपालिका

महालेखा परीक्षककको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गर्दा नीलकण्ठ नगरपालिका बेरुजु धेरै हुने स्थानीय तहमध्ये १२ औ स्थानमा परेको छ ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तह आफैंले पेश गरे प्रमाणको आधारमा गरिएको स्वमूल्यांकन प्रणाली (लिजा)मा ९७ अंक पाएर देशभरका स्थानीय तहरुमा उत्कृष्ट भएको थियो ।
देशभरका सात सय ५३ स्थानीय तहमा १० प्रतिशत भन्दा बढी बेरुजु हुने स्थानीय तहको संख्या ६१ रहेको छ । तीमध्ये बागमती प्रदेशमा छ वटा रहेका छन् । धादिङको नीलकण्ठ नगरपालिकाको ३१ करोड ४४ हजार अर्थात १६.०१ प्रतिशत र रुवीभ्याली गाउँपालिकाको छ करोड ३६ लाख ६४ हजार अर्था १०.०२ प्रतिशत बेरुजु रहेको छ । यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिकाको १७ करोड ५७ लाख १५ हजार अर्थात १०.०६ प्रतिशत, नुवाकोटको तार्केश्वर गाउँपालिकाको १३ करोड ९५ लाख ९३ हजार अर्थात १५.५३ प्रतिशत, मकवानपुरको मनहरी गाउँपालिकाको १६ करोड ३६ लाख ९६ हजार अर्थात १०.२५ प्रतिशत र रामेछापको उमाकुण्ड गाउँपालिकाको ११ करोड ७३ लाख ६६ हजार बेरुजु रहेको छ ।
१० प्रतिशत भन्दा बढी बेरुजु रहेको ६१ स्थानीय तहमध्ये ४५ वटा स्थानीय तह मधेश प्रदेशमा रहेका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तुको मायादेवी गाउँपालिकाको १७ करोड ९५ लाख छ हजार अर्थात १३.६२ प्रतिशत र रोल्पाको गंगादेवी गाउँपालिकाको ११ करोड ४१ लाख ५० हजार अर्थात १२.०७ प्रतिशत बेरुजु रहेको छ । कर्णाली प्रदेशको डोल्पाको डोल्पा बुद्ध गाउँपालिकाको चार करोड ३६ लाख ८९ हजार अर्थात १२.४० प्रतिशत, दैलेखको आडबीस गाउँपालिकाको २१ करोड ७७ लाख ७८ हजार अर्थात १६.८० प्रतिशत र गुँरास गाउँपालिकाको १३ करोड ६८ लाख ३४ हजार अर्थात ११.९४ प्रतिशत बेरुजु रहेको छ । मुगुको सोरु मुगा गाउँपालिकाको आठ करोड १२ करोड ७५ लाख १२ हजार अर्थात ११.३७ प्रतिशत वेरुजु रहेको छ। हुम्लाको अदानचुली गाउँपालिकाको आठ करोड ७१ लाख २९ हजार अर्थात १२.२४ प्रतिशत र सकेगाड गाउँपालिकाको १२ करोड ९३ लाख ६८ हजार अर्थात १४ प्रशित रहेको छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला भित्रका स्थानीय तहहरुमा १० प्रतिशत भन्दा बढी बेरुजु छैन । सुदूरपश्चिमा प्रदेशको स्थानीय तहको बेरुजु रकम तीन अर्ब ६ करोड ९८ लाख ३२ हजार र कर्णली प्रदेशका स्थानीय तहको बेरुजु रकम तीन अर्ब ८८ करोड २५ लाख १९ हजार, लुम्वीनी प्रदेशका स्थानयि तहको बेरुजु रकम चार अर्ब ३९ करोढ ७६ लाख ४४ हजार, गण्डकी प्रदेशका स्थानीय तहको बेरुजु रकम दुई अर्ब ३५ करोड ३१ लाख ३२ हजार, बागमती प्रदेशका स्थानीय तहको बेरुजु रकम सात अर्ब ३३ करोड ८७ लाख ७९ हजार, मधेश प्रदेशका स्थानीय तहको बेरुजु रकम १३ अर्ब ६३ करोड ३७ लाख १६ हजार र १ नं. प्रदेशका स्थानीय तहको बेरुजु रकम छ अर्ब ९२ करोड १४ लाख ६४ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्