सरकारले स्वास्थ्य बिमा कार्यक्रमको मर्म बुझेन :भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवसायिक बिमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा उनले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा बनाउनुपर्ने बताए ।
“स्वास्थ्य बिमा कार्यक्रमलाई सरकारले व्यावसायिक बिमाको रुपमा बुझिरहेको छ” उनले भने, “यो व्यवसायिक बिमा नभइ सामाजिक सुरक्षाको स्वास्थ्य बिमा हो ।”
सांसद भट्टराईले स्वास्थ्य बिमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउन माग गरे । उनले सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बिमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाए । सांसद भट्टराईले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिए । उनले गंगाललमा अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्ने गरी नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाए ।
ंसांसद भट्टराईले सेवानिवृत्त भएका डाक्टरलाई सेवामा राखिराख्न बहादुरी सरकारले नागरिकता नै ४० वर्ष बनाइदिन भन्दै गठबन्धन सरकारप्रति व्यंग्य गरे ।