लघु वित्तविरुद्ध पीडितहरु सडकमा «

लघु वित्तविरुद्ध पीडितहरु सडकमा

लघु वित्तीय संस्थाबाट पीडित भएकाहरुले घोराहीमा प्रर्दशन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनाना घोराहीमा प्रर्दशन गरिएको हो ।
विभिन्न ५ बुँदे माग राख्दै देश भरबाट लघुवित्तीय संस्थाबाट पीडितहरु आन्दोलित भएका छन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग गरेका छन् । त्इसैगरी लघुवित्तीय संस्थाहरुद्वारा लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने र आम गरिव किसानलाई नि: शुल्क ऋण प्रदान गर्नुपर्ने माग अघि सारेका छन् ।
त्यसैगरी आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्दै समाजवादी अर्थतन्त्रको विकास गर्न पनि उनीहरुले माग गरेका छन् । प्रर्दशनमा सहभागीहरुले लघु वित्तीय संस्थाहरुको कारण धेरै महिलाले घर छोडनु पर्ने तथा आत्महत्यासमेत गर्नुपर्ने आवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्