सिटिजन्स चिरायु मुद्दति खाता सञ्चालनमा «

सिटिजन्स चिरायु मुद्दति खाता सञ्चालनमा

सिटिजन्स बैंकले ‘सिटिजन्स चिरायु मुद्दति योजना’ सार्वजनिक गरेको छ ।
बैंकले थप आकर्षक मुद्दति योजना ‘सिटिजन्स चिरायु मुद्दति योजना’ सार्वजनिक गरेको हो । सोही अवसरमा ‘रेमिटेन्स चिरायु मुद्दति योजना’ खाताको शुभारंभ गरेको छ । यी मुद्दति योजना बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डिङ कनक्लेभ कार्यक्रमका बीच आरम्भ भएको घोषणा गरे । शाखा प्रबन्धकहरु तथा वरिष्ठ व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दै बैकंका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस बैकंलाई सुशासनमा अब्बल बनाउने पनि बताए ।
सिटिजन्स चिरायु मुद्दति योजना योजनाअन्र्तगत ग्राहकले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्दति खातामा रकम जम्मा गर्न पाइने योजना रहेको छ । उक्त योजना अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ठ रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
रेमिटेन्स चिरायु मुद्दति योजनामा ग्राहकले १२ वर्ष ३ महिनादेखि २० बर्ष ३ महिनासम्म मुद्दति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ठ रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छ ।
यस मुद्दति निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउने बताइएको छ । यस मुद्दति निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्