विश्वको चार धाममध्ये जेठो धाम मुगुको छायानाथ धामको मूर्ति पुर्जा सुरु

हिन्दु धर्मालम्वीहरूको छाँयानाथ, केदारनाथ, बद्रीनाथ मुक्तिनाथ यी चार प्रशिद्ध धाममध्ये जनैपूर्णिमाका लागि प्रसिद्ध रहेको मुगुमा रहेको छायानाथ धामका मूर्ति पूजा आज शुक्रबार विधिवत् रूपमा पूजा पाठ गरी छायानाथतर्फ लगिएको र छायानाथमा जनैपूर्णिमा मेला सुरु भएको छ ।
छायानाथमा बाह्रै महिना हिउ पर्ने र अत्याधिक जाडो हुने भएकाले मन्दिरमा बस्न नसकिने हुँदा त्यसको प्रतीक स्वरूप सदरमुकाम गमगढी नजिक रहेको छायानाथ रारा नगरपालिककोा चैन गाउँमा रहेको मन्दिर स्थापना गरिएको र हरेक वर्षको जनै पूर्णिमाका बेला शिव, पार्वती, गणेश, शेष नागलगायतका मूर्तिहरू नुहाउन छायानाथमा लिने गरेका हुन् ।

मन्दिरका पुजारी असिनीकुरमार हमालका अनुसार । जनैपूर्णिमाका बेला छायानाथ तीर्थयात्रा शिवबाट सत्यदेबीको अन्तिम अंगको पतन भएको यस छायानाथ ठाउँको यस स्थानमा पिचारोर महादेवको बासस्थान रहेको ठाउँ शिव, सत्यदेवी, बौद्घ लगायतका महादेव रहने र छायानाथको दर्शन गर्न कर्णाली अञ्चलका पाँच जिल्ला लगाएत दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा, अछामलगायतका अन्य जिल्ला र भारतबाट समेत तिर्थालुहरू छायानाथको दर्शन गर्न आउने गरेको पुजारीको भनाइ रहेको छ ।
साउन शुक्ल प्रतिपदादेखि नै तिर्थालुहरू छायानाथ दर्शनका लागि जाने गर्छन् । समुद्री सतहदेखि ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको छायानाथ मन्दिरमा जनैपूर्णिमाका बिहानसम्म पूजापाठ गर्दै हिन्दु धर्मालम्बीहरू बस्छन् भने जनै पूर्णिमाको बेलुका सदरमुकामतर्फ मूर्ति फर्काउने परम्परा रहेको छ ।
छायानाथ जिल्लाको पूर्वि मुगमकार्मारोङ गाउँपालिकाको डोल्फु गाउँमामा पर्छ भने त्यहाँ पुग्न सदरमुकाम देखि तिन दिनको पैदल यात्रापछि पुग्न सकिन्छ । करान भेगमा बौद्ध धर्मालम्बीको बसोवास रहे पनि छायानाथ धामलाई बौद्ध र हिन्दु दुवै धर्मालम्बीहरूले आफ्नै परम्परा अनुसार पूजा गर्ने चलन रहेको छ । दुई फरक–फरक धर्मालम्बीहरूले शिव भगवानलाई अलग अलग नामबाट पूजा गर्दा दुई धर्मालम्बीबीच धार्मिक सहिष्णुता कायम गराएको स्थानीयवासीको भनाइ छ ।
शिव भगवानले सत्यदेवीको लाश काँधमा राखेर घुमाउँदै गर्दा सत्यदेवीको अन्तिम शेष छायानाथमा खसेकाले यो धामलाई चार धाममध्ये जेठो धाम मान्ने गरेको पुजारी लक्ष्मीप्रसाद चौलागाईंले बताए । चौलागाईंका अनुसार यो धाममा रहेका बहुमूल्य धातुका मूर्ति कति पुराना हुन भन्ने बताउन सकिने अवस्थामा छैनन् । चैन गाउँमा रहेको मन्दिरबाट २०३६ सालमा र २०४२ सालमा मूर्ति चोरी भएका र दैलेखबाट पत्ता लागेर फिर्ता आएका चौलागार्इंले बताए ।

मन्दिरमा बहुमूल्य र निकै पुराना धार्मीक मूर्ति सुरक्षाका लागि प्रहरीचौकी नै रहेको छ । छायानाथ जाँदा बहुमूत्य मूर्ति समत भएको हुदा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षको लागि खटिएका हुन्छन् । त्यस्तै अको तीर्थस्थल ऋणी मोक्क्षका लागि सुरक्षाकर्मीसहित मूर्ति लिएर पुजारीको टोली नवमिका दिन जाने भएका छन ।
यो बेला जिल्लाका दुई स्थान छाँयानाथ र ऋणमोक्ष तीर्थ स्थलमा तिर्थालुहरूको घुइँचो लाग्ने गरेको हुन्छ । पञ्चमीबाट बिश्वका सबै धर्मिक स्थानहरू खेलेका छन परमपरागत रुपमा चल्दै आएको सनातन धर्मअनुसार यस छायानाथ धाममा ७ प्रदेशका ७७ जिल्ला तथा भारत, चीनबाट आआफ्नो मनमा सोचेको बर माग्न, मन शान्ति घर शान्ति विश्व शान्तिका लागि आउने गरेको अर्का पुजारी लक्ष्मीप्रसाद चौलागाईंले बताएका छन् ।