Logo

देशको जन्मदिन मनाउन आग्रह

आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा क्वाटर मिलियन अभियानले पत्रकार सम्मेलन गरेर मुलुक स्थापना भएको २५० वर्षको अवसरमा यसको औचित्यको बारेमा गहन अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो ।
क्वार्टर मिलियनका अभियन्ता प्राध्यापक आनन्द आदित्यले मुलुक स्थापनाको अवसर पारेर कार्यक्रम गर्नु र नेपालको गरिमाका बारेमा विश्वलाई चिनाउनु हरेक नागरिकको कर्तव्य रहने बताए । उनले भने, “हामी मानिस जन्मदिन मनाउँछौँ , कुनै महान व्यक्तिको सम्झनामा कार्यक्रम गछौँ तर देशको जन्मदिन बनाउने परम्परा स्थापना गर्न सकेनौं, त्यसैले मुलुकको जन्मदिन मनाउनुपर्छ, देशको स्थापना दिवस मनाउनुपर्छ, ऐतिहासिकतालाई उजागर गर्नुपर्छ ।”
माघ १६ गते सहिद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित देशव्यापी रूपमा मुलुक स्थापनाका बारेमा विविध कार्यक्रम गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेको सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सरकारले पहिलो कदम उठाउनुपर्ने आयोजकको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्