आधारभूत कला व्यवस्थापन तालिम «

आधारभूत कला व्यवस्थापन तालिम

उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभूत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकासतर्फ केन्द्रित एउटा सामाजिक अग्रसरता हो ।
चौधरी फाउण्डेसनले कला र सिर्जनशिल क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासँगको सहकार्यमा आयोजना गरिएको तालिममा ३४ सहाभागी थिए ।
सो अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान – भिजन र मिसन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीतिहरू, मानव संसाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीतिहरू र कला तथा साँस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयमा अन्तरक्रिया र सत्रहरु सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्