इसेवाको सेवा होटलमा पनि «

इसेवाको सेवा होटलमा पनि

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवा सुरू गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवामार्फत होटल बुक गर्न सकिनेछ ।
ग्राहकहरुले इसेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केहीदिनमा आइओएसमा समेत उपलब्ध हुनेछ । कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्‍याउने कम्पनीले विश्वास गरेको छ ।
उनले भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउने बताए । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्