Logo

कलेज आईडिया हन्ट २०२२ सुरू

आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ ।
नेपाली समाजको रुपान्तरण र व्यावसायीकताको प्रवद्र्धनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरीरहेका तथा नयाँ योजना र आइडियासहित सो उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरीने आयोजकले जनाएको छ ।
उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायीक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसरसमेत प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्