एमाले हार्नै मिल्दैन : अध्यक्ष ओली «

एमाले हार्नै मिल्दैन : अध्यक्ष ओली

eQmk’/, @) ;fpg -/f;;_ M g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL Pdfn] pkTosf ljz]if k|b]z sld6Ln] cfh dWok’/lyldsf] af]8]df cfof]hgf u/]sf] /fhgLlts sfo{zfnfdf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् ।
आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आईपरेको अध्यक्ष ओलीको जिकीर थियो । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
सत्तारुढ गठबन्धन र यसका नेताहरुले देशलाई दुर्गतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए । उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए । गठबन्धनका नेताहरु शेरबहादुर देउवाको गन्तव्य मेडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दावी गरे ।
अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दावी गरे । पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोडने दृढता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्