आर्थिक समृद्धिका लागि कृषिलाई उद्योग बनाउन जोड «

आर्थिक समृद्धिका लागि कृषिलाई उद्योग बनाउन जोड

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएकी छिन् । मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यावसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् ।
“सिंचाईको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकिकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ” उनले भनिन्, “हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ ।”
उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन् । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्