बिमा सूचना केन्द्र स्थापना हुँदै «

बिमा सूचना केन्द्र स्थापना हुँदै

बिमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने जनाएको छ । बिमाको दुरुपयोग गर्दै गैरकानुनी काम गर्ने खराब बीमितलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न बिमा समितिले बिमा सूचना केन्द्र चालू आर्थिक वर्षभित्रै स्थापना गर्न लागेको हो ।
चालू आर्थिक वर्षको बजेटमा पनि आएको विषय भएको हुँदा चालू आवको वार्षिक कार्यक्रममा राखेर काम अघि बढाइएको समितिले जनाएको छ । समितिका अनुसार बिमा सूचना केन्द्र सञ्चालनमा आएपछि बिमा सम्बन्धि सम्पूर्ण जानकारी केन्द्रबाट लिन सकिने छ ।
बैंक तथा वित्तीय संस्थाका ऋण नतिर्ने खराब ऋणीलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा सूचीकृत गरिएजस्तै बिमा ऐन विपरीत काम गर्ने बीमितलाई बिमा सूचना केन्द्रले कालोसूचीमा राख्ने योजना सहित बिमा समितिले करिब ३ वर्षअघि नै बीमा सूचना केन्द्र स्थापना गर्न पहल गरे पनि यसको काम अगाडि बढेको छैन । यसको प्रकृया कर्जा सूचना केन्द्रमा रहेको कालोसूचीको प्रक्रिया झैं रहने, बिमा लेख धितो कर्जा नतिर्ने, पोलिसी खरिद गरी समयमै प्रिमियम नतिर्ने, नियोजित घटना घटाएर दाबी भुक्तानी लिने लगायत बिमा ऐन विपरीत काम गर्ने खराब बीमित बिमा सूचना केन्द्रको कालो सूचीमा सूचीकृत हुने तथा केन्द्रको कालोसूचीमा सूचीकृतले समस्या नसुल्झाएसम्म अर्को बिमा कम्पनीमा बिमा गर्न नपाउने गृहकार्य समितिले गरेको छ ।
केन्द्रको कालोसूचीमा सूचीकृत बीमितले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नपाउने, सरकारी नियुक्तिलगायत कर्जा सूचना केन्द्रको कालोसूचीकै सो सरह गरिने छ ।

प्रतिक्रिया दिनुहोस्