संसदीय समितिमा सांसद झा र परियार «

संसदीय समितिमा सांसद झा र परियार

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद अनिलकुमार झाले बाढीको कारण देखाएर परराष्ट्रमन्त्री समितिबाट पन्छिन नमिल्ने बताए ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले बाढीमात्रै कारण हुन नसक्ने भन्दै परराष्ट्रमन्त्री समितिमा नआउनुको रहस्य अरू पनि हुन सक्ने बताए । उनले नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्नु नहुने बताए ।
उनले भने, ‘सभापतिज्यूले परराष्ट्रमन्त्री समितिमा नआउनुको कारण भन्नुभएको त छैन तर उहाँले बाढीको कारणले समितिमा उपस्थित हुन नसक्ने कुराभन्दा फरक छ । उहाँ आउन नसक्नु यो मात्रै विषय होइन, अरुपनि छन् । नेपाली सेना, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयले समितिको बैठकमा आउनुलाई अन्यथा मान्नु हुँदैन ।’
समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न नमिल्ने बताइन् । उनले संसदमा जवाफ दिइसके पनि समितिको बैठकमा उपस्थिति भएर त्यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको बताए । सरकार र मन्त्रीले समितिका कुरालाई टारेर जान नहुने बताए ।
उनले भने, ‘फुल संसदलाई जवाफ दिएको कारणले यहाँ नआउनुभएको हो भने त्यो मिल्दैन । यहाँ जे हो त्यो आएर भन्नुपर्छ । माग गरेको कुरा दिनुपर्छ । सरकार र मन्त्रीज्यूले समितिका कुरालाई स्केप गरेर जानु हुँदैन ।’
फरक प्रसंगमा सांसद परियारले सप्तकोशी नदीको मोटरेबल पुललाई रिभ्यू गर्ने कुरामा फलोअप हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्