साउथ वेस्टर्न स्टेट कलेजमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा «

साउथ वेस्टर्न स्टेट कलेजमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा

साउथ वेस्टर्न स्टेट कलेज सिकाइका आधुनिक सिद्धान्तलाई व्यावहारिक तथा स्वयम् विद्यार्थीको सहभागितामूलक शिक्षामा जोड दिँदै आएका कारण १२ वर्षमा विद्यार्थीले रोजेको र खोजेको कलेजको रूपमा स्थापित हुन सफल भएको छ ।
नेपालको प्लस टु शिक्षामा निजी क्षेत्रको योगदान विद्यार्थीको आकर्षण, परीक्षाको नतिजा, गुणस्तर र अभिावकको रुचिले पुष्टि गरिसकेको छ । नेपालको शैक्षिक गुणस्तर सुधार गर्न निजी क्षेत्रको सक्रिय योगदान रहेको छ । निजी क्षेत्रले गुणस्तरीय र व्यावहारिक शिक्षाको माध्यमबाट अनुसन्धानमूलक, व्यावहारिक, नेतृत्ववान्, अनुशासित र नवप्रवद्र्धक जनशक्ति निर्माण गर्ने कार्यमा ठूलो योगदान रहेको छ ।
कलेजले अध्ययन–अध्यापनका क्रममा लागू गरेका व्यावहारिक शिक्षाका कारण विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विषयमा ध्यान केन्द्रित गरेको छ । १२ वर्षअघि १ सय २९ विद्यार्थीबाट संख्याभन्दा गुणस्तरीय शिक्षाको नारालाई आधार बनाएर अघि बढेको थियो ।
कलेजले गुणस्तरीय र व्यावहारिक शिक्षा सिकाइ पद्धतिप्रति अभिभावकको विश्वासका कारण १ सय २९ विद्यार्थीबाट सुरु गरेको शैक्षिक यात्रामा हाल ३ हजार १ सय विद्यार्थी पुगिसकेका छन् । अभैm पनि कलेजले विद्यार्थीको संख्याभन्दा गुणस्तरमा नै ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मान्यताबाट पछि हटेको छैन । कुनै पनि शैक्षिक संस्थामा विद्यार्थी संख्याभन्दा पनि उपयुक्त शैक्षिक वातावरणसहितको व्यावहारिक र जीवनोपयोगी शिक्षाले महŒव पाउनुपर्छ । कलेजले सिकाइ, सिकाइपछि आउने शैक्षिक गुणस्तर र त्यसले ल्याउने परिणाममा दक्ष शिक्षक र कुशल व्यवस्थापकबाट नै सम्भव छ भनेर उत्कृष्ट जनशक्ति छनोट गरेको छ ।
हाल कलेजले प्लस टु, बीबीए, बीबीएस, बीए एमबीए, एमए र पीएचडीसम्मको अध्ययन–अध्यापन गराउँदै आएको छ ।
कलेजले प्लस टुअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । कक्षा ११ को विज्ञान संकायमा अंग्रेजी, गणित केमेस्ट्री, फिजिक्स र बायोलोजी विषयको कक्षा सञ्चालन गर्दै आएको छ । यसरी नै व्यवस्थापनतर्पm अंगे्रजी, नेपाली, एकान्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, बिजनेस स्टडिड रहेका छन् । त्यस्तै मानविकीतर्पm अंग्रेजी, नेपाली, मेजर अंग्रेजी, सोसियोलोजी र मास कम्युनिकेसनका कक्षा सञ्चालन गरिँदै आएको छ ।
कलेजले जेहेनदार तथा निम्न आय भएका विद्यार्थीका लागि १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । कलेजले यो वर्षदेखि आफ्नै सुविधासम्पन्न भवनमा अध्ययन–अध्यापनको काम गर्ने भएको छ ।
कलेजका अतिरिक्त शैक्षिक क्रियाकलाप
– स्व–अध्ययन परिपाटी
– हरेक विद्यार्थीलाई विषयगत प्रस्तुतीकरण गराइने
– टाइम म्यानेजमेन्ट, व्यक्तित्व विकास, व्यवहार, सकारात्मक सोच, तालिम तथा सेमिनार
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तालिम
– विभिन्न देशका विद्यार्थी आदानप्रदान, भ्रमण

प्रतिक्रिया दिनुहोस्