किस्ट कलेजको उत्कृष्ट नतिजासहित विद्यार्थी केन्द्रित शिक्षण सिकाइ «

किस्ट कलेजको उत्कृष्ट नतिजासहित विद्यार्थी केन्द्रित शिक्षण सिकाइ

शिक्षा नै सर्वाङ्गीण मानव विकासको स्रोत हो । सभ्यताको सोपान हो । संस्कृति र संस्कार शुद्धीकरणको एकमात्र त्यो उज्यालो बत्ती हो, जसले विकृतिबाट सुकृतितिर र खराबबाट असलतिरको यात्रा आरम्भ गराउँदछ ।
२०५२ सालबाट प्लस टुको विज्ञान विषयबाट किस्ट कलेजले दुई दशकको अवधिमा प्रगतिका शिखर चुम्न सफल भएको छ । वर्तमान विश्व मानव सभ्यताकै जल्दोबल्दो र अनिवार्य आवश्यकताको विषय विज्ञानबाट अध्ययन–अध्यापन सुरु गरेको यस कलेजले २०५४ सालदेखि पेसागत हिसाबले समाजको फरक क्षेत्रमा अपरिहार्य बनेको जनशक्ति उत्पादनका लागि प्लस टुमा व्यवस्थापनको अध्यापन पनि सुरु गयो । २७ वर्षको इतिहास बोकेको यस किस्ट कलेजले आफ्नो भौतिक संरचनाको स्तरोन्नति गर्नुका साथै अध्ययन–अध्यापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यस कलेजका प्लस टु र अन्य तहका हालैका नतिजासमेत अत्यन्त उत्कृष्ट रहेका छन् । यस किस्ट कलेजका लाइब्रेरी, प्रयोगशाला आदि सम्भवत: काठमाडौंकै सबैभन्दा उत्कृष्टमध्येमा पर्छन् ।
अध्ययन–अध्यापनको स्तरीयताको प्रतिबद्धतासहित यस कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएको छ । नियमित अध्ययन–अध्यापनका साथै विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूमा रहेको क्षमता विस्तारमा कलेजले ध्यान केन्द्रित गरेको देखिन्छ । उत्कृष्ट र अनुभवी शिक्षक–शिक्षिकाहरूबाट अध्यापन गराइने यस कलेजको उत्कृष्ट नतिजाका लागि विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड रहेको छ ।
कक्षा १२ का विद्यार्थीहरूलाई कलेजले मेडिकल, इन्जिनियरिङ तथा व्यवस्थापन उच्च शिक्षा अध्ययनार्थ सहयोग पुर्‍याउन नि:शुल्क तयारी कक्षासमेत दिने गरेको छ । साथै, विद्यार्थीहरूको भविष्य उज्ज्वल पार्न तथा आफ्नो भविष्यको निर्णय गर्न सहयोग पुर्‍याउने उद्देश्यले करियर प्लानिङसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरेको छ । सहरी क्षेत्रको मध्यभागमा रहे पनि शान्त र सौम्य वातावरणसहितको यो कलेज प्रपोज बुइल्ट बिल्डिङमा सञ्चालनमा रहेको र प्रशस्त खुल्ला स्थानसमेत रहेको छ ।
सहरको विभिन्न भागसम्म यातायात सुविधा उपलब्ध रहेको यस कलेजमा छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टलसहितको व्यवस्था छ । प्लस टुका अतिरिक्त स्नातकतर्फ बीबीए, बीआईएम, बीआईटी, बीबीएस, बीएस्सी माइक्रोबायोलोजी तथा स्नातकोत्तरतर्फ एमबीएस, एमएस्सी माइक्रोबायोलोजीसमेतको अध्यापन हुने यो कलेज विद्यार्थीहरूको एउटा उत्कृष्ट गन्तव्य हुने कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्