गुणस्तरीय शिक्षाको प्रतिबद्धताका लागि एडमार्क एकेडेमी तथा कलेज «

गुणस्तरीय शिक्षाको प्रतिबद्धताका लागि एडमार्क एकेडेमी तथा कलेज

हालको एडमार्क एकेडेमी २०५७ सालमा काठमाडौंको बागबजारस्थित तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त आमविद्यार्थीको रोजाइमा पर्न सफल भएको शैक्षिक संस्था हो ।
शौक्षिक गन्तव्य यस एकेडेमी तथा कलेज वि.सं २०५९ मा स्वयम्भूमा स्थानान्तरण भई २०६३ सालदेखि वर्तमान व्यवस्थापनद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको छ । हिपहप गायक यमबुद्घ (अनिल अधिकारी) का पिता अम्बिकाप्रसाद अधिकारी तथा काका कृष्णप्रसाद अधिकारीद्वारा स्थापित यस एडमार्क एकेडेमी तथा कलेजको नामकरण एडमार्क यमबुद्घबाट राखिएको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले उच्च तहका राष्ट्रसेवक उत्पादन गर्न सफल भएको छ ।
यो कलेजका विशेषताहरूमा गुणस्तरीय शिक्षा दक्ष तथा अनुभवी अध्यापकद्वारा अध्यापन गराइँदै आएको छ । पुस्तकालयको पर्याप्तता, दुईवटा कम्प्युटर ल्याबसहित यातायातको सुविधा र मल्टिमिडियाद्वारा कक्षा सञ्चालन हँुदै आएको छ ।
हाल सञ्चालित संकायहरू प्लस टुतर्पm साइन्स, व्यवस्थापनमा कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, बिजनेस स्टडिज तथा कानुन र मानविकी रहेको कलेजले जनाएको छ । यसैगरी स्नातकतर्फ बीबीएस, रहेको छ । यो कलेजले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयका एक हजार चार सय कलेजमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको थियो । यो कलेजले बीए लेभलमा अर्थशास्त्र, मास कम्युनिकेसन, गाणित, मेजर अंग्रेजी र बीसीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैगरी स्नातकोतरतर्फ एमबीएसमा निजी कलेजहरूमा देशभरमै बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यसबाहेक कलेजले बास्केट बल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल, अन्तरकलेज खेलकदका विभिन्न विधामा प्रतिस्पर्धा, हाजिरीजवाफ, वक्तृत्वकला आदिजस्ता प्रतिस्पर्धात्मकजस्ता अतिरिक्त क्रियाकलाप रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्