व्यवस्थापन अध्ययनको सर्वोत्कृष्ट केन्द्र ग्लोबल कलेज «

व्यवस्थापन अध्ययनको सर्वोत्कृष्ट केन्द्र ग्लोबल कलेज

ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा विशिष्टता हासिल गरेको मुलुकको सर्वोत्कृष्ट शैक्षिक संस्था हो । स्वदेश तथा विदेशमा ख्याति कमाएका अध्ययनशील, मेहनती एवम् विज्ञ व्यक्तिहरूको समूह नै ग्लोबल कलेजमा अध्यापन र व्यवस्थापन कार्यमा क्रियाशील छ ।
उत्कृष्ट शिक्षक, विद्यार्थीमैत्री भौतिक संरचना र आधुनिक शैक्षिक वातावरणको संयोजनमा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने उच्च गुणस्तरको शिक्षा प्रदान गर्नु यस कलेजको प्रमुख उद्देश्य हो । यस कलेजमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा ११ र १२ (प्लस टु) तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीएस र एमबीएस तहको पठनपाठन भइरहेको छ । यस संस्थाले उत्पादन गरेका योग्य विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजमा आफ्नो योगदान दिइरहेका छन् । निरन्तर उत्कृष्ट नतिजाका साथै जीवन कौशलको विकास, गुणस्तरीय शिक्षा, उपयुक्त शैक्षिक वातावरण, प्रयोगात्मक शिक्षा, शोध–अनुसन्धानात्मक कार्य, प्रस्तुतीकरणका नवीन पद्धति र नैतिक आचरणयुक्त व्यावहारिक व्यक्तित्व विकास यस कलेजमा अध्ययन गर्ने विद्यार्थीका सामाजिक पहिचान हुन् ।
ग्लोबल कलेजमा छुट्टै संस्कृति, मूल्य–मान्यता र आचरण छ, जसले सधैं हरेक विद्यार्थीको समग्र व्यक्तित्व विकासमा अतुलनीय योगदान पुर्‍याइरहेको छ । उच्चतम प्रविधि र अत्याधुनिक सीपको अधिकतम उपयोग गर्र्दैै विद्यार्थीमा पढाइप्रति अन्त:प्रेरणा जगाउने शिक्षण पद्धति अँगालिएको छ । यहाँ विद्यार्थीको बौद्धिक, शारीरिक र भावनात्मक विकासका लागि विद्यार्थीमैत्री वातावरण सिर्जना गरी अध्ययन–अध्यापन गराइन्छ । साथै, हरेक विषय शिक्षक तथा कक्षा शिक्षकहरूको सूक्ष्म निगरानीमा प्रत्येक विद्यार्थीको रेखदेख र उपलब्धि मूल्यांकन तथ्यांकका आधारमा शिक्षण सिकाइको थप अवसर तथा पृष्ठपोषण सुनिश्चत गरिएको हुन्छ । हरेक वर्ष देशभरिमै उत्कृष्ट नतिजाका साथ अब्बल शैक्षिक प्रतिष्ठानका रूपमा परिचित भएर कलेजले उत्कृष्टतामा आपूmलाई प्रमाणित गरेको कलेजले जनाएको छ ।
ग्लोबल कलेजले नियमित रूपमा सन्दर्भ पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापलाई मूल पाठ्यक्रमसँगै अभिन्न रूपमा अघि बढाउने गर्छ । यसको फलस्वरूप विद्यार्थीको रुचि र क्षमताको पहिचान भई उसमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन भइरहेको छ । विद्यालयका यिनै सहभागितामूलक गतिविधि र क्रियाकलापबाट विद्यार्थीवर्गमा समूहमा काम गर्ने शैली र नेतृत्व क्षमताको विकास हुन्छ । विद्यार्थीको मनोविज्ञानको अध्ययन गरी उनीहरूका समस्या समाधानमा समेत ग्लोबल कलेज नित्य निरन्तर गतिशील रहेको छ ।
अध्ययन–अध्यापन, व्यवस्थापन तथा व्यवस्थापन शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक एवम् शैक्षिक पूर्वाधारका कारण ग्लोबल कलेज अन्तर्राष्ट्रियस्तरको नेपालकै नमुना कलेज बनेको छ । यहाँका हरेक कक्षामा मल्टिमिडिया प्रोजेक्टर, पीए सिस्टम, श्रव्यदृश्य सामग्री, सीसीटीभीद्वारा निगरानी, थम्ब सेन्सर (उपस्थितिका लागि उपकरण) लगायतका सामग्री उपलब्ध छन् । सहज र शान्त वातावरणमा पढ्न मिल्ने आरामदायी फर्निचर, पर्याप्त ठाउँ भएका वातावरणअनुकूल उज्याला अध्ययन कक्ष छन् । उच्च प्रविधियुक्त एसीजडित सभाहलहरू, हरेक विद्यार्थीले एकपटकमा दुईवटा पुस्तक पाउन सक्ने क्षमताको पुस्तकालय, उच्च गतिको इन्टरनेट, अत्याधुनिक कम्प्युटर प्रयोगशाला तथा स्वच्छ, सफा र सन्तुलित आहार प्राप्त गर्न सकिने चमेना गृह, ई. पुस्तकालयलगायतका स्तरीय सेवासुविधाहरू उपलब्ध रहेका छन् ।
विद्यार्थीलाई आफ्नो विषयमा दक्ष बनाउन ग्लोबल कलेजले निरन्तर अभ्यास, सकारात्मक सोचको विकास, व्यावसायिक व्यवहार एवम् दृष्टिकोण निर्माणमा जोड दिने गरेको छ । व्यापार, व्यवसाय र अर्थतन्त्रको कोरा ज्ञान मात्रै होइन, यस क्षेत्रमा आवश्यक पर्ने सीप अभिवृद्धिलाई शैक्षिक कार्यक्रमको अभिन्न अङ्ग बनाइएको छ । उत्पादनलाई बजारले मूल्य दिने कला, ज्ञान र सीपको संयोजनका रूपमा मार्केटिङ विषयको अध्यापन यहाँ गराइन्छ । आपूmले सिकेका/जानेका कुरा व्यावहारिक जीवनका अन्य क्षेत्रमा उपयोग गर्न सक्ने जनशक्ति सिर्जना गरिन्छ । लेखा विषयको अध्यापनका क्रममा सूचना तथा प्रविधिसँग परिचित गराउँदै सफ्टवेयर प्याकेजसमेत सिकाएर विद्यार्थीलाई व्यवहार कुशल बनाइन्छ । प्रभावकारी सञ्चार, व्यक्तिगत कार्यशैली सुधार, सकारात्मक सोच र नेतृत्वदायी क्षमताको विकास गराउन यी शिक्षण विधि उपयोगी सावित भएका छन् ।
कठिन विषयमा अतिरिक्त कक्षा, अंग्रेजीमा व्यावहारिक लेखन तथा स्तरीय उच्चारणका निम्ति अनिवार्य भाषा कक्षा, करिअर काउन्सिलिङ, भावी अध्ययनका लागि काउन्सिलिङ, सेमिनार, प्रत्येक विषयमा अनिवार्य पावर प्वाइन्टसहितको प्रस्तुतीकरण, नियमित गृहकार्य परीक्षण, फिल्ड भिजिट, ट्रमपेपर लेखनजस्ता कार्यले विद्यार्थीमा आत्मविश्वास बढाई उनीहरूको व्यक्तित्व विकासमा टेवा पुगेको छ । व्यावहारिक ज्ञानका लागि विद्यार्थीलाई विभिन्न ठाउँ, क्षेत्र, बैंङ्किङ कार्यालय, उद्योग र कम्पनीको शैक्षिक भ्रमण गराइन्छ । यस कलेजले विभिन्न समस्याको अध्ययन, अनुसन्धानात्मक क्रियाकलाप र प्रस्तुतीकरणका माध्यमबाट विद्यार्थीमा आत्मविश्वासको विकास गर्दै समस्या समाधान गर्ने तार्किक क्षमता विकसित गर्छ । यस कलेजबाट प्लस टु तह पार गरेका विद्यार्थीहरूले सीए, एसीसीए, बीबीए, बीएचएम, बीआईएम, बीसीए, बीआईटी आदि विषयमा स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा आफ्नो गुणात्मक पहिचान स्थापित गर्दै आएका छन् ।
सम्पूर्ण आर्थिक र प्रशासनिक विवरण पारदर्शी राख्ने ग्लोबल कलेज नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा सम्भव छ भन्ने कुरामा उदाहरणीय हँुदै व्यावसायिक क्षेत्रको जनशक्ति विकासको आधारस्तम्भका रूपमा नेपाली समाजमा स्थापित भइसकेको छ । नेपाली माटोको सुगन्ध र अन्तर्राष्ट्रिय शिक्षाको मर्म महसुस गरी राष्ट्रिय दायित्व निर्वाह गर्दै व्यवस्थापन क्षेत्रका प्रतिष्ठित, अनुभवी एवम् विज्ञ व्यक्तित्वहरूले स्थापना तथा सञ्चालन गरेको विशुद्ध व्यवस्थापन विषय अध्ययनका लागि ग्लोबल कलेज सफल र उत्कृष्ट शैक्षिक केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्