सूचना प्रविधिको रोजाइमा इस्लिंटन कलेज «

सूचना प्रविधिको रोजाइमा इस्लिंटन कलेज

बढ्दो सूचना प्रविधिलाई मध्यनजर गर्दै इस्लिंटन कलेजले आईटी र बीबीएका दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
सो कलेजमा स्नातकोत्तर तहका डाटा एनालाइसिस र कम्प्युटर नेटवर्किङ एन्ड साइबर सेक्युरिटी विषय विद्यार्थीले छनोटका आधारमा पढ्न पाउने व्यवस्था छ ।
ब्याचलरमा बीबीए र आईटीको तीनवर्षीय कोर्स र एमएससी आईटी दुईवर्षीय कोर्समा विद्यार्थीको आकर्षण रहेको छ । कलेजले उत्कृष्ट विद्यार्थीका लागि स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत पाउनेछन् ।
२०११ मा स्थापित यस कलेजले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा एमबीए कोर्स पनि थालेको छ । इस्लिंटन कलेज स्थापनाको २६ वर्षभन्दा लामो समयदेखि नेपालमा शिक्षा प्रदान गर्दै आएको छ ।
दुई दशकभन्दा लामो शैक्षिक र व्यावसायिक विकासमा उत्कृष्टताको नमुना प्रदर्शन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ । नेपालमा आईटीको प्रगोग बढ्दै गएका कारण यहाँबाट उत्पादित जनशक्ति नेपाली धेरै रहेका छन् । कलेजले आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षाकोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारमार्फत शैक्षिक सेवा दिँदै आएको जनाएको छ ।
कलेजले ब्याचलरमा कम्प्युटिङ, कम्प्युटिङ नेटवर्किङ, मल्टिमिडिया टेक्नोलोजी, मोबाइल एप्लिकेसन, कम्प्युटर विथ आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरी बिजनेस डिग्रीमा इन्टरनेसनल बिजनेस, डिजिटल बिजनेस म्यानेजमेन्ट, एड्भर्टाइजिङ एन्ड मार्केटिङ, इभेन्ट एन्ड टुरिजम म्यानेजमेन्ट, एकाउन्टिङ एन्ड फाइनान्स र मास्टर डिग्रीमा आईटी एन्ड एप्लाइड सेक्युरिटीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्