एनएमबि बैंकको मेहेन्दी कार्यक्रम «

एनएमबि बैंकको मेहेन्दी कार्यक्रम

एनएमबि बैंकले यस साउनको सोमबार मेहेन्दी लगाऔं, एनएमबि सँग रमाऔं भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्घि गर्ने उद्देश्यले १६ साउनमा कर्मचारी र ग्राहकमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ । बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमति प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुंगा र गोरखा, लुम्बिनी प्रदेशको मिलनचोक र नेपालगञ्ज, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र धनगढी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्