मंगलम् पाइप्सका डिलरहरुले अवलोकन गरे मंगलम् इन्डस्ट्रिजको फ्याक्ट्री «

मंगलम् पाइप्सका डिलरहरुले अवलोकन गरे मंगलम् इन्डस्ट्रिजको फ्याक्ट्री

मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तैगरी १८ असारमा पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो ।
उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।
कम्पनीका प्रबन्धनिर्देशक अभिनव चुरिवालले भने, “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ । हाम्रा उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरुलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरुको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानेछौँ ।”

प्रतिक्रिया दिनुहोस्