सिटिजन्स बैंक र राजी क्लिनिकबीच सम्झौता «

सिटिजन्स बैंक र राजी क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंकले रुपन्देहीस्थित राजी क्लिनिकबाट प्रवाह हुने सेवामा ग्राहकलाई छुट दिन सम्झौता गरेको छ ।
सो क्लिनिकबाट प्राप्त हुने सेवामा छुट दिन बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ परीक्षणमा २० प्रतिशत र फार्मेसी सेवामा सात प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट दिइने बताइएको छ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्श जस्ता सेवा नि:शुल्क पाउने छन् । दीर्घ रोगीहरूका लागि घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।
यो सेवाबाट बैंकका ग्राहकले सहज रूपमा सेवा प्राप्त गर्नुका साथै डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास लिएको बैंकले जनाएको छ । हाल सिटिजन्स बैंकले १८० शाखा, १३२ एटीएम र ९६ शाखारहित बैंकिग इकाईमार्फत सेवा दिँदै अएको छ ।

प्रतिक्रिया दिनुहोस्