निशानको प्रि–बजेट अफर

नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बजेट भाषण अगावै आफ्ना ग्राहकहरुलाई निशानका गाडीहरु किन्न आह्वान गर्दै “प्रि बजेट अफर” लिएर आएको छ । यो अफर मार्फत निशानका गाडीहरुको खरिद गर्दा नगद लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।
निसानको माइक्रा एक्टिभको खरिदमा ३ लाख १ हजार बराबरको लाभ उठाउन सकिने भन्दै कम्पनीले सन्नीमा ३ लाख ६ हजारसम्म लाभ उठाउनका साथै किक्सको खरिदमा १ लाख ९८ हजारसम्म लाभ उठाउन सकिने जनाएको छ । त्यस्तै अति रुचाइएका निशानका नभारा र एक्स ट्रायलमा ५ लाख ३७ हजार र ७ लाख २७ हजारसम्म लाभ उठाउन सकिने बताएको छ । कम्पनीका अनुसार यो अफर स्टक सीमित रहँदासम्म नेपालका सबै शोरुमहरुमा लागु हुनेछ ।