उपाया सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ «

उपाया सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस’

उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।
नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यस कम्पनीले ‘उपाय अन डिमाण्डु र मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि तेस्रो सर्भिसको रुपमा उपाया फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको हो ।
उपाया सिटी कार्गोका प्रबन्ध निर्देशक सुमन रायमाझीले बजारमा माग अनुसार गाडी दिन सफल भएको बताए । उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एक्कै ठाउँबाट प्रदान गरेको रायमाझीले बताए ।
यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गरेको छ । जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ । यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी मार्फत पर्न जान्छ ।
रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याउछ र सोही अ अनुरूप डेलिभरी जान्छ यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्