वल्र्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड «

वल्र्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’ का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ ।
प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र नागरिकका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । त्यस क्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूसमेत उपस्थित थिए ।
कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निर्माण गरी नेपालका ७५ जिल्लामा अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हाल ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढि संघ सस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटीलगायत १३००० भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको कम्पनीको दावी छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले कर्णाली प्रदेशका आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्