‘शुभलक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

लक्ष्मी क्यापिटलले १९ साउनदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुला गरेको छ ।
क्यापिटलले लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी प्रति इकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिजपुँजीको रुपमा लगानी गर्ने छ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको बताइएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने बताइएको छ । बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटलले गर्नेछ ।