अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी अभिकर्ता तालिम «

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी अभिकर्ता तालिम

अजोड इन्स्योरेन्सले बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपक्षी अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले १४ देखि १६ साउनसम्म उक्त तालिम आयोजना गरेको हो ।
अजोड इन्स्योरेन्सका दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त तालिममा ३३ अभिकर्ताको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
तालिम सञ्चालन कोहलपुरका शाखाका प्रमुख निर्मलकुमार क्षेत्री साउदले गरेका थिए

प्रतिक्रिया दिनुहोस्