Logo

धनकुटामा ६ सय ७७ वटा उद्योग थप

धनकुटामा गत आर्थिक वर्ष २०७८/०७९ मा ६ सय ७७ वटा उद्योग दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमा साना उद्योग ५ सय १६ र वाणिज्यतर्फ १ सय ६१ वटा दर्ता भएका हुन् । जसमा उत्पादनमूलक २४ वटा कृषि तथा वनजन्य ३ सय ९१ वटा पर्यटन सम्बन्धी ४८ सेवामूलक उद्योग ४७ वटा र सूचना प्रविधि उद्योग १ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटा धनकुटाले जनाएको छ ।
यी उद्योग दर्ताबाट ३५ लाख ४३ हजार ९ सय ६० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्