दर्ता भएका मेनपावर नै ठगी भन्दामा «

दर्ता भएका मेनपावर नै ठगी भन्दामा

वैदेशिक रोजगारीको लागि प्रतिबन्ध लगाएको युक्रेनलगायतका देशमा वैदेशिक रोजगारीमा लैजाने भनि २ करोड ७९ लाख रुपैयाँँको ठगी गर्ने मेनपावरविरुद्ध मुद्दा दायर गरिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता रहेर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेको मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालनक विरुद्ध सो मुद्दा दायर गरिएको हो । वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगारीको इजाजतपत्र प्राप्त गरेको मेरिगोल्ड ओभरसिजका सञ्चालक तथा कर्मचारीसमेतले आकर्षक तलव सुविधासहित युक्रेनलगायतका देशमा वैदेशिक रोजगारीमा लैजाने भनि राजेन्द्र डोटेलसहित ३८ जनाबाटे १ करोड ८६ लाख १५ हजार २०० रुपैयाँँ अवैध असुली गरेका थिए ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले सो दाबी रकमको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६०० रुपैयाँँ समेत गरी २ करोड ७९ लाख २२ हजार ८०० रुपैयाँँ प्रतिवादीबाट जाहेरवाला पीडितलाई दिलाई भराई पाउने गरी वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको जानकारी दिए ।
पीडितको माग दावीसहितको अभियोग प्रतिवेदन तयार गरी मगलबार न्यायाधिकरणमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । दायर गरिएको मुद्दामा वैदेशिक रोजगारीमा नपठाई ठगी गरेको भनी परेको जाहेरी दरखास्तको आधारमा वैदेशिक रोजगार विभागबाट अनुसन्धान हुँदा इजाजतपत्रवाला संस्था मेरिगोल्ड ओभरसिजका सञ्चालकहरु रविन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला, यामबहादुर कार्की र कर्मचारी अमिर थुलुङविरुद्ध मुद्दा दायर गरिएको छ ।
महानिर्देशक पौडेलले ठगी र गुनासो बढैपछि अनुगमन तिब्र बनाई ठगी नियन्त्रमण गर्ने अभियान ञ्ंचालन गरेको जानकारी दिए । गत वर्ष विभागले व्यक्तिगत र मेनपावरविरुद्ध ६५ करोड ७१ लाख रुपैयाँँ बराबरको दाबी उजुरी लिएर कारवाही प्रक्रिया अघि बढाएको थियो । अघिल्लो वर्ष यो दाबी रकम १ अर्ब ३१ करोड रुपैयाँ बराबरको ठगीका उजुरी परेको थियो । यस्तै व्यक्तिगततर्पm गत वर्ष ३४ करोड रुपैयाँको ठगी दाबीका उजुरी परेको थियो । कानुन अनुसार १० हजार रुपैयाँ भन्दा बढी लिन नपाउने भएकाले मेनपावरले नक्कली एजेन्ट खडा गरेर श्रमिकको भर्ना प्रक्रियाको काम गरिरहेको पाइएको छ । विभागले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न देशका विभिन्न भागमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न थालेको छ । वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्टको प्रवेशले ३० हजार रुपैयाँ पारिश्रमिकमा जाने श्रमिकले १ लाख ६० हजारसम्म तिर्नु परेको गुनासो गरेका छन ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढन थालेपछि उजुरी परेका म्यानपावर व्यवसायीहरुको कारोबार रोको गरी वैदेशिक रोजगार ऐनको दफा ४४ अन्र्तगत मुद्दा चलाउन थालिएको छ । हालैमात्र विभागले दीप ज्योति ओभरसिज १७ लाख ७० हजार, दि हिमालयन एचआरविरुद्ध ७ लाख १२ हजार र एसटिएल टे«ड लिंक प्राली बिरुद्ध ९० हजार रुपैयाँ बराबरको मुद्दा वैदेशिक रोजगार न्याधिकरणमा मुद्दा दायर गरेको थियो । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्