Logo

पहिरोमा एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक तिलक भारतीका अनुसार मालिका गाउँपालिका–२ रुम तामेङमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।
उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुरसहित उनकी पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र ७ वर्षीया छोरी अस्मी विकको निधन भएको हो । यस्तै त्यही ठाउँमा पहिरोले अर्काे घर पुर्दा २ जना घाइते भएका छन् । स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीय गोरी विकको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्