शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा «

शाओमीको रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा

शाओमीले रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १०एको ठूलो ६.५३ एचडी पलस डिस्प्ले रहेको छ । यसमा भएको थ्रीडी–कर्भड ब्याक र फिङ्गरप्रिन्ट सेन्सरले रहेको छ । यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्तालाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्दछ ।
रेड्मी १०ए मा पावर अपको लागि मिडिया टेक हेलिवो जी २५ प्रोसेसर जडित छ जुन २.० जीएचजेठ सम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो । यसमा पाँच हजार एमएच ब्याट्री छ । यो स्मार्टफोन १० डब्लु को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।
रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रङहरूमा उपलब्ध छ । यो फोन २ जीबी +३२ जीबीको मूल्य १३ हजार ९९९ र ३ जीबी+६४ जीबीको मूल्य १५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्