मुगुमा ५ जान विद्यार्थीलाई कोरोना पोजेटिभ देखियो

हिमाली जिल्ला मुगुको मुगमकामारोङ गाउँपालिकाको एक विद्यालयमा कोरोना पोजेटिभ देखिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत आावासीय बिद्यालय तामाकामा अध्यानरत केही विद्यार्थीहरूमा सामान्य टाउको दुख्ने जरो आउर्ने लक्ष्य देखिएको बिरामी बालबालिकाहरू मंगलबार पुलुमा उपचार गराउन आउँदा ८ जना विद्यार्थीलाई कोभिड–१९ एन्टिजेन टेस्ट गर्दा ५ जनामा पोजेटिभ देखिएको र पालिकाभित्र रहेका सबै क्षेत्रमा बसोबास गर्दै आएका आम नागरिकहरूलाई आ–आफ्नो क्षेत्रमा उच्च सावधानी अपनाउन अनुरोध गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज बुढाले जानकारी गराएका छन् ।
नेपाल राष्ट्रिय आधारभूत आावासिय विद्यालय तामाकाम ३ सय ५० जनाभन्दा बढी विद्यार्थीहरू अहिले अध्यानरतमा छन । कुनै–कुनै विद्यार्थीहरूलाई कहिलेकाहीँ सामान्य टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो । आज २ जना विद्यार्थीहरूमा सामान्य समस्या आउँदा पुलुमा उपचार गर्न पठाएका थियौं अनि सँगै अन्य साथीका रूपमा गएका ६ जना गरी जम्मा ८ जान गएका हुन् ।
पुलुमा स्वास्थ्य परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको मुगमकामारोङ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज बुढाले जानकारी दिएअनुसार अहिले सबै विद्यार्थीहरूलाई सजक रहनका लागि जानकारी गराइसकेका छौं । सबै विद्यार्थीहरूका परीक्षण र पोजेटिभ देखिएका विद्यार्थीहरूलाई थप उपचारा पालिकासँग सहकार्य गरेर अघि बढ्ने आवासीय विद्यालयका प्रधानाध्यापक कुशल शाहीले जानकारी दिएका छन् ।
सदरमुकामदेखि केही टाढा रहेको स्थानिय तह रहेको हुँदा आज आवासीय विद्यालयमा अध्यानरत ८ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ५ जनाको रिपोर्टमा पोजेटिभ देखिएको हुँदा सोही विद्यालयमा अध्यानर विद्यार्थीको स्वास्थ्य परीक्षण र अन्य नागरपालिका भित्र रहेका नागरिकहरूको कोरोनाबाट बच्नका लागि तत्काल व्यवस्था मिलाउनका लागि मुगमकामारोङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतसँग कुरा भइरहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकृत खड्कबहादुर रोकायाले जानकारी दिएका छन् ।