मास्केद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा «

मास्केद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

भदौ २२ गते हुने नेपाल भलिबल संघको निर्वाचनका लागि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरेको छन् ।
मास्केले मंगलवार एक कार्यक्रमबीच चुनावी प्रतिवद्धतासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी मास्केले नेपाली भलिबलको सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारासहित अध्यक्ष पदको लागि उम्मेदवारी दिने बताए । मास्केले भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रूपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको बताए ।
मास्केले नेपाल भलिबल संघमा केन्द्रीय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेलगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारी वहन गरेको अनुभव छ । बीच भलिबलमा महिला कमिसन संयोजक रहेकी मास्केले पहिलो संस्करणको बीच भलिबल पनि सम्पन्न गरेका छन् । संघका पूर्वाध्यक्ष दानबहादुर तामाङले मास्केको आगामी एजेण्डाले भलिबललाई विकास गर्नसक्ने बताउँदै समर्थन दिन आग्रह गरे ।
मास्केले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने, विद्यालय पालिका, जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने तथा केन्द्रमा भलिबलको आफ्नै कभर्डहल र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण गर्ने एजेण्डालाई अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्