किसानलाई समयमा मल दिन सरकार असफल: डा. संग्रौला «

किसानलाई समयमा मल दिन सरकार असफल: डा. संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौला (पन्त) ले मगलबार बसेको प्रतिनिभिसभा बैठकको विशेष समयमा बोल्दै किसानले समयमा मल नपाएकोमा आपत्ति जनाएकी छिन् ।
सदस्य संग्रौलाले तत्कालीन कृषि मन्त्रीले भारतबाट फर्के लगत्तै संसद्मा उभिएर असार महिनाभित्रै किसानले मल पाउने आश्वासन दिए पनि नयाँ कृषिमन्त्री आउदासम्म किसानले मल नपाएको बताइन् । “गएको ४ आर्थिक वर्षमा मल खरिदका लागि भनेर सरकारले ५० अर्ब रकम विनियोजन गरेको छ ।” उनले भनिन्, “तर, यही अवधिमा किसानले मल अभाव भोग्नु परेको छ ।” सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भए परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार ८ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सम्भावना रहेको बताइन् ।
“सरकारले भारत सरकारसँग गरेको जी–टू–जी सम्झौताअन्तर्गत ल्याउन खोजेको मल २ देशबीचको खरिद सम्बन्धी कानुनलाई मिलाउन समस्या भएकोले आउन नसकेको भए संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ ?” उनले प्रतिप्रश्न गदै भनिन “के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो? कि, अरु कुनै कारण छ, जवाफ चाहियो ।”
गत वर्ष सप्तरीका किसानहरूले रासायनिक मलका लागि आन्दोलन गरेको स्मरण गराउदै असारमा धादिङका किसानहरूले दुई ट्रक रासायनिक मल सडकमै लुटेका कारण मल अभावप्रति किसानहरूको आक्रोश बढ्दै गएको बताइन् । गत सातामात्रै सरकारले भारत सरकारसँग ५ वर्षका लागि करिब ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भन्ने विषयमा अझै आश्वस्त हुन सक्ने वातावरण भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्