Logo

सत्तामुखी गतिविधिले ओली चिन्तित

??. ??????????? ???????????? ????? ?????? ‘??????????? ??????? ???????’ ?????? ?????? ???????? ??????????? ??????? ?????????? ????? (?????)?? ??????? ???? ????? ??? ? ?????? ?????????? ????????/????

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको तर्क गरे ।
सोमबार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउन पुगेको बताए । ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे । उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया समेत दिए ।
उनले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहहरुलाई पटकपटक सचेत गराए । त्यस अवसरमा उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गरे ।
अध्यक्ष ओलीले पूर्वजहरुले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहोर्‍याए । मुलुकको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरुले ज्यान दिए/लडे, हामीले अडेमात्रै पनि पुग्ने उनको भनाइ थियो । ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसद्मा पेश गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गरे ।

प्रतिक्रिया दिनुहोस्