रूसी जेट र अमेरिकी जासुसी विमान ५ फिटको दूरीमा

रूसी लडाकु विमान र अमेरिकी सेनाको जासुसी विमान कालसागरमा ५ फिटको दुरीमा आमनेसामने भएका छन् ।
यो घटनापछि अमेरिकाले रूसलाई यस किसिमको असुरक्षित कदम रोक्न आग्रह गरेको छ । यसका साथसाथै अमेरिकाले रूसलाई सुरक्षा कायम गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।
यद्यपि रूसले यो आरोपलाई रद्द गर्दैै आमने–सामनेको समयमा सुरक्षाको पूर्वसावधानी अपनाएको जनाएको छ ।
अमेरिकी ईपी–३ जासुसी विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा मिसनमा रहेको समयमा भएको हो । यो विमान रूसी सु–२७ विमानसँग आमने–सामने भएको थियो । यो विमानले अमेरिकी विमानलाई कुल २ घण्टा ४० मिनेटसम्म पछ्याएको अमेरिकी नेभीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।
सु–२७ पाँच फिटको दूरीमा भएको अवस्थामा यो असुरक्षित गतिविधि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“रूसी सेनालाई अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रहेर सञ्चालन गर्ने अधिकार छ । तर, उनीहरूले सुरक्षाको प्रत्याभूति गर्न र दुर्घटना रोक्नका लागि अन्तर्राष्ट्रिय मापदण्डमा रहेर व्यवहार गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार सोमबार कालसागरको तटस्थ जलक्षेत्रमा अपरिचित हवाई ठेगाना फेला परेको रूसी हवाई क्षेत्रको सिमानामा प्रवेश गर्न लागेको थियो ।
अमेरिकी विमानले उडानको मार्ग परिवर्तन गरेर रूसी सिमानाबाट पर गएपछि उक्त रूसी जेट आधार शिविरमा आएर अवतरण भएको मन्त्रालयले जनाएको छ ।
“सु–२७ ले हवाई क्षेत्रको प्रयोगमा अन्तर्राष्ट्रिय नियमको कडाइका साथ पालना गरेको र कुनै पनि घटना भएको छैन,” मन्त्रालयले जनाएको छ ।
कालसागरमाथि रूसी र नेटोका सेनाहरूले अन्तर्राष्ट्रिय हवाईक्षेत्रमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । रूसले २०१४ मा क्राइमियालाई आफूमा विलय गराएपछि यो क्षेत्रमा हुने गतिविधिले तीव्रता पाउँदै आएको आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । रूसले २०१४ मा क्राइमियालाई आफूमा विलय गराएपछि यो क्षेत्रमा हुने गतिविधिले तीव्रता पाउँदै आएको छ ।
पछिल्ला महिनाहरूमा कालसागरमाथि रूसी जेटसँग असुरक्षित दूरीमा कैयौं पटक आमने–सामने भएको अमेरिकी सेनाले जनाउँदै आएको छ ।