नर्भिकले भित्र्यायो छालाको उपचार गर्ने अत्याधुनिक उपकरण «

नर्भिकले भित्र्यायो छालाको उपचार गर्ने अत्याधुनिक उपकरण

नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको छ ।
सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिनको अनावरण गरियो ।
सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रूपमा अत्याधुनिक लेजर मेसिनको अनावरण गरेका थिए ।
यो एउटै मेसिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मेसिनबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरूलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ ।
यस्तै, यसको ह्यान्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ । मल्लकाअनुसार मेसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ ।
अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्किनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्किनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मेसिन हो ।
डर्मा क्लियर मेसिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मेसिन हो । लेजर मेसिनको अनावरणपछि कुरा गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मेसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचारसमेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्