नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स «

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स

नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न गरेको छ ।
‘अ बाउन्स ब्याक इयर २०७९/०८०’ नारा रहेको उक्त सम्मेलन १३ देखि १५ साउनसम्म सञ्चालन भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारी सहभागी थिए ।
सञ्चालक बिमलप्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्दै कर्मचारीहरूलाई आम नागरिकहरूको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए ।
उक्त सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवम् सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।
साथै, आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवम् उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्