महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल «

महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले दस वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरका कुल एक अर्ब रुपैयाँ बराबरको दश लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच ऋणपत्र निष्कासन गर्नको लागि बैंक र उक्त क्यापिटलबीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने बताएको छ ।
उक्त ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्