आइएमई पेको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक «

आइएमई पेको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

‘आइएमई पे’ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । नयाँ अफर अनुसार ‘आइएमई पे’ले मोबाइल रिचार्जमा थप दुई प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एकजना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका कम्पनीले जनाएको छ । यो अफर प्राप्त गर्न सेवाग्राहीले महिनाभरी कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नु पर्ने नियम तथा सर्त रहेको कम्पनीले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्