एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा «

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी बम्पर अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तरगत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् । यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छन् भने यसमा उनीहरुले १० प्रतिशत क्यास ब्याक पाउने छकम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको दावी गरेको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहज बनाएको जनाएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुलीलगायत विभिन्न सेवा प्रदायकको बिल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने इसेवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्