सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेसनल हस्पिटलबीच सम्झौता «

सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेसनल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने सझौता भएको हो ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । सम्झौता अनुसार हस्पिटलबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्