लागू औषधसहित तीनजना पक्राउ «

लागू औषधसहित तीनजना पक्राउ

लागू औषधसहित प्रहरीले डडेल्धुराको बागबजारबाट तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐरी, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई लागू औषधसहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट लागू औषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए । अमरगढी नगरपालिका–५ बागबजारस्थित एक होटलमा लागू औषध खैरो हिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्