२० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न पाइने «

२० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न पाइने

नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकहरुले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा ३ हजार ९ सय ८ रुपैयाँ, एनटर्क स्क्वाड संस्करणमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटीआर २०० फोरभीमा ६ हजार ८२२ रुपैयाँ पाउनेछन् ।
त्यसैगरी अपाचे आरटीआर २०० फोरभीको नगद खरिदमा ग्राहकहरूले टीभीएस रेसिङ ज्याकेट नि:शुल्क प्राप्त गर्न सक्नेछन् । त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकनका गराउने टीभीएस ले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन् । टीभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने, “हामी यो फाइनान्स योजनाले हाम्रा ग्राहकलाई टीभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौं । हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकलाई नयाँ टीभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौं ।”
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ बढी डिलर र २०० बढी सेवा र स्पेयर पार्ट्स स्टेशनहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्