नेपालमा स्कोडाको बिक्री साढे पाँच गुणाले बढ्यो «

नेपालमा स्कोडाको बिक्री साढे पाँच गुणाले बढ्यो

नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ ।
एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । लगत्तै यो नेपाली बजारमा ‘हिट्’ साबित भएको कम्पनीले जनाएको छ । “यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो” कम्पनीले भनेको छ, “त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरहयो ।”
कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको कम्पनीको दावी छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको मार्केट सेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ ।
स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजारदेखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्