Logo

‘ओप्पो ए७७’ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’ अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक गरेको छ ।
२ डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डसहितका सुविधाले भरिएको यो फोनको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभव अघिल्लो फोनमाभन्दा धेरै रहेको कम्पनीले बताएको छ ।
डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्ट फोनमा यो एक मात्र स्मार्टफोन रहेको कम्पनीको दाबी छ । यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फी क्यामेरा रहेका छन् । यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८० पी मा भिडियोहरू खिच्न सक्छ ।
मिडिया टेक हेलियो जी३५, ४जीबी र्‍यामर, १२८ जिबी इन्टर्नल स्टोरेजको रहेको यस फोनले कलर्स ओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयरलाई ह्यान्डल गर्छ । यो फोनमा पाँच हजार एमएएच् ब्याट्री रहेको छ भने र युएसबी–सी पोर्टमार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने कम्पनीले बताएको छ ।
यो फोन ४जिबी र्‍याम +१२८ जिबी रोमसँगै नेपाली बजारमा आएको र यसले १ टिबीसम्मको एसडी कार्डलाई पनि समर्थन गर्ने कम्पनीको भनाइ छ । स्काई ब्लू (निलो) र सनसेट ओरेन्ज (सुन्तला) रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्