एनआईसी एशिया बैंकको क्यास डिपोजिट सेवा सुरू «

एनआईसी एशिया बैंकको क्यास डिपोजिट सेवा सुरू

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ ।
यस सेवामार्फत ग्राहकले सहज रुपमा खातामा नगद रकम जम्मा गर्न सक्न्ेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
मेसिनबाट एक हजार र पाँच सय दरका नोट मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको भन्दै बैंकले एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९,५०० गरी दैनिक अधिकतम ९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने जनाएको छ ।
यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त गर्छन् । उक्त ओपीटी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारीसमेत एसएमएस तथा रिसिप्टमार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
यो सेवा हालको लागि आफ्नो न्यूरोडको बिशालबजार शाखामा सञ्चालन गरेको छ भने यस सेवालाई देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्