सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।
ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर गर्न सक्नेछन् ।
बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको व्यवस्था चाँडै नै उपलब्ध गराउने बताएको छ । हाल बैंकले मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
हाल बैंकका देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।