जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकलबीच सम्झौता «

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकलबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मेडिकल कलेजका नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगदरहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्