खल्ती र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता «

खल्ती र राष्ट्रिय बिमा संस्थानबीच सम्झौता

खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थान सँग सहकार्य गरेको छ ।
राष्ट्रिय बिमा संस्थान नेपालको एक विश्वसनीय बिमा प्रदायकको रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो । खल्तीसँगको यस सहकार्य स्वरूप उपभोक्ताले अब खल्तीमार्फत राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन् ।
उपभोक्ताले बिमा तिर्न खल्ती एपमा गई राष्ट्रिय बिमा संस्थान छनौट गर्नुपर्नेछ । मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रक्रियालाई पूरा गर्न सकिन्छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय बिमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो । यस सहकार्यबाट प्रयोगकर्तालाई पूर्ण रूपमा फाइदा हुने साथै बिमा शुल्क संकलन अझै सरल र प्रभावकारी बन्ने कुरामा हामी विश्वस्त छौं ।”
प्रयोगकर्ताले ५ हजार रुपैयाँमाथिको नविकरण बिमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाइसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्